महादेव मन्दिरमा चोरी

जनकपुर जेठ १५ गते । जनकपुरमा रहेको शिव मन्दिरमा चोरी भएको छ। कुपेश्वरनाथ महादेव मन्दिरबाट शिवलिंगमा रहेको चाँदीको नाग र दान पेटिकामा रहेको रकम पनि चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नयाव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताउनुभयो ।

राति पानी परिरहेको बेला कुपेश्वरनाथ महादेव मन्दिरको द्वारको ताल्चा फोडेर चोरी गरेको बताइएको छ । अनुसार मन्दिरमा रहेको भगवान शिवको मूर्तिमा लागेको चाँदीको नाग पनि चोरी भएको छ । दानपेटिकामा रहेको लगभग ४० हजार रुपियाँ समेत चोरी भएको छ ।

 

तपाईको प्रतिक्रिया