सरकारलाई सहयोग नगर्न चार दलीय गठबन्धनद्वारा राज्यका अंगहरुलाई आग्रह

काठमाडौँ जेठ १६ गते । नेपाली काँग्रेस, माओवादी केन्द्र, एमाले (माधव नेपाल), जनता समाजवादी पार्टी नेपालले सरकारका संविधान विपरितका र आलोकतान्त्रिक काम कारवाहीमा सहयोगी नहुन राज्यका सबै अंगलाई आग्रह गरेका छन् ।

काँग्रेसका सभापति शेरबहादुर देउवा, माआवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधवकुमार, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा हस्ताक्षर गरी विज्ञप्ति जारी गरी प्रतिनिधि सभाको पुनः स्थापना र प्रतिनिधिसभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा विधिवत दावी प्रस्तुत गरीसकेको अवस्थामा देश र जनतालाई दीर्घकालिन असर पर्ने किसिमका कुनैपनि काम कारवाही नगर्न सरकारलाई चेतावनी उहाँहरुले दिनुभएको छ ।

सवैधानिक सवोच्चता, कानुनी शासन प्रणाली र स्वतन्त्र न्यायलय रहेको देशमा सर्वोच्च अदालतबाट सवैधानिक व्यवस्थाको संरक्षण भइ न्याय प्राप्त हुनेमा विश्वस्त रहेको बताउँदै उहाँहरुले लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकताबद्धरुपमा सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया