Khadya Bibhag

आदरणीय बाबुराम भट्टराईज्यू मलाई तपाईसँग जानु छ, म कुन रोजौ । भेंडा वा बाख्रा ?

काठमाडौँ जेठ १७ गते । जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले भेडा भोडातिर बाख्रा बाख्रातिर लागौ भनि आफ्नो ट्वीटरमा लेख्नु भएको छ । सो लेखेपछि उहाँको सबैतिर आलोचना भइरहेको छ ।

अध्यक्ष भट्टराईले आफ्नो ट्वाीटरमा लेख्नु भएको छ, ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाक निर्माण निम्ति पुरानो भत्कनै पर्छ । समयले नयाक ध्रुवीकरण खोज्दैछ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासंग र बाख्रा बाख्रासंग हुन दिऊ ! हात मिलाएर आआफ्नो बाटो लागौं ! हिडिरहे फेरि भेटहुनेछ !’

यो टिप्पणीपछि अध्यक्ष भट्टराईको निकै विरोध र आलोचना भइरहेको छ । समाजिक सञ्जालमा खास गरी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले धेरै विरोध गरेका छन् भने अध्यक्ष उपेन्द्र यादव पक्षका कुनै कुनै नेताले विरोध गर्न थालेका छन् । कार्यकारिणी सदस्य एवं निर्वाचन विभागका संयोजक अमरेश नारायण झा जो उपेन्द यादव पक्षका नेता हुनुहुन्छ उहाँले आफ्नो फेसबुकमा अध्यक्ष भट्टराईको भनाईप्रति टिप्पणी गर्दै भन्नुभयाएको छ, –‘आदर्णीय बाबुराम भट्टराईज्यू मलाई तपाईसंग जानु छ । म कुन रोजौ ।
भेंडा वा बाख्रा ?
तर, भेंडा रोज्नुपर्ने स्थितिमा पिछलग्गु बन्नुपर्ने र बाख्रा रोज्नुपरे वलि चढाई दिने डर । म जस्तालाई अपठ्यारो भएन र ?

अध्यक्ष भट्टराई जसपा भित्र रहेको पार्टी विवादलाई संकेत गर्दै नेताहरुलाई आआफ्नो बाटो लाग्न संकेत गर्नुभएको छ । अहिले जसपामा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष रहेका छन् । सत्ता समिकरणको विवादमा पार्टी दुई चिरा भएको छ । त्यसको औपचारिक घोषणा हुन मात्र बाँकी छ ।

दुवै पक्षले आआफ्नो तरिकाले बैठक बस्दै, निर्णय गर्दै अगाडि बढी रहेको छन् । कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको बहुमत छ भने संसदमा महन्थ ठाकुरको बहुमत छ । तर संसद विघटन भएका हुनाले महन्थ ठाकुर अल्पमतमा पर्नुभएको छ । अध्यक्ष ठाकुरले पार्टीमा बहुमत सिद्ध गर्नका लागि उपेन्द्र यादव पक्षका नेताहरुलाई आफूतिर तान्ने प्रयास गरिरहेको कुरा पनि अध्यक्ष भट्टराईले संकेत गर्नुभएको छ ।
यता नेता झाले अध्यक्ष ठाकुर र अध्यक्ष यादवलाई पार्टी विभाजन नगर्न आग्रह गर्नुभएको छ । उहाँले पार्टीमा केही समस्या छ भने बैठक बसेर त्यसको समाधान गर्नुहोस् तर पार्टी विभाजन नगर्नुस् भनि आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया