काठमाडौँ जेठ १७ गते । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफू गृहमन्त्री तथा उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गरेर सरकारमा जाने अडानमा हुनुहुुन्थ्यो तर आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा कुनै पनि हालतमा गृहमन्त्रालय नदिने भनेपछि उहाँ पछाडी हट्नु भएको हो ।
नेता महतो आफूले नेतृत्व गरेर सरकार जाने तय भएपछि अन्य मन्त्रीहरुको नाम चयन गर्न छलफल शुरु भएको छ । सरकारमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, अकवाल मियालगायतका नेताहरु सरकारमा जाने तयारी रहेको छ । तर नाममा अझै सहमति भएको छैन ।
चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, प्रमोदा साह, अहवाल अहमद, वृषेशचन्द्र लाल, डा.सुरेन्द्र झा, राजकुमार चौधरी, चन्द्रकान्त चौधरी, अमृता आग्रहरी, सर्वेन्द्रनाथ शुक्ला, रुही नाज, उमाकान्त झा, कलु विश्वकर्मा, रेणुकालगायतका नेताहरु मन्त्रीका दौडमा रहेका छन् ।
गृहमन्त्रालयबाहेक अहिले खाली रहेका मन्त्रीहरुमध्ये रोजेर लिन प्रधानमन्त्री अोलीले जसपालाई भन्नुभएको छ ।


तपाईको प्रतिक्रिया