काठमाडौँ जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालको प्रदेश २ समितिले आज प्रदेश २ का स्थानीय तहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा अोलीको पुतला जलाउने भएको छ ।
संविधान विपरित संसद भंग गरेको भन्दै उहाँ दुवैजनाको पुतला जलाउन लागेको जसपा प्रदेश २ समितिका अध्यक्ष विजय यादवले बताउनुभयो ।
भोली प्रदेशभरि मसाल जुलुसको आयोजना गरेको छ । जसपाले यो कार्यक्रम काँग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्षसँग मिलेर गर्ने निर्णय पनि गरेको छ।


तपाईको प्रतिक्रिया