काठमाडौं जेठ १८ गते । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ । बिहान ११ बजे बोलाइएको बैठक करिब दुई घण्टा ढिलो बसेको छ ।
बैठकमा पार्टीको आन्तरिक विवाद, वजेट र मन्त्रीमण्डल पूनगर्ठनको विषयमा छलफल हुने बताइएको छ । बैठक बस्नुअघि माधवकुमार नेपाल पक्षका नेताहरुसँग वार्ता गरेको थियो । सो पक्षका नेतासँग हिजो पनि वार्ता भएको थियो ।
यसअघि माधवकुमार नेपालसहित १२ जनालाई स्पष्टिकरण सोधिसकेको थियो । त्यसको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।


तपाईको प्रतिक्रिया