Khadya Bibhag

महन्थ ठाकुरसँग दुई विकल्पः उपेन्द्र यादवसँग भिड्ने कि राजपा ब्युँत्याउने

काठमाडौँ जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी नेपाललाई ब्युँत्याउने मनस्थिति बनाई सक्नु भएको छ ।

उहाँले त्यसका लागि आफ्नो पार्टीमा आन्तरिक छलफल पनि गर्नुभएको छ । सुरुमा जसपा नेपालको आधिकारिता कसरी लिने त्यसको लागि पहल गर्ने नभए राजपा नेपाललाई नै सक्रिय बनाउने सोच उहाँको रहेको छ । त्यसको बारेमा आजै मात्र पार्टीमा दुईचरणको छलफल भएको छ ।

अध्यक्ष ठाकुरले आजै स्वास्थ्य तथा जनसँख्या मन्त्री रहनु भएका ह्रदयश त्रिपाठीसँग पनि छलफल गर्नुभएको छ । महन्थ ठाकुरले राजपा नेपाल पुर्नगठन गरे त्यसमा आफूले पनि साथ दिने प्रतिवद्धता जनाएको स्रोतले जनाएको छ । तर सुरुमै हिम्मत नहार्ने सकेसम्म कानुनी लडाई लड्ने र जसपामा आफ्नो बहुमत सिद्ध गर्ने सोच उहाँको रहेको छ । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटको निर्णयसम्म महन्थ ठाकुर कुर्ने मनस्थितिमा रहेको बुझिाएको छ ।

संसदीय दलमा महन्थ ठाकुरको बहुमत रहेको र यदि संसद पुर्नस्थापना भयो भने संसदीय दलमार्फत गतिविधि गर्ने वा त्यसैबाट बहुमत सिद्ध गरेर पार्टीमाथि कब्जा गर्ने सोच महन्थ ठाकुर पक्षको रहेको छ ।

जसपा नेपालमा अध्यक्ष ठाकुरको बहुमत संसदीय दलमा रहेपनि अध्यक्ष उपेन्द्र यादवको बहुमत केन्द्रीय समिति र केन्द्रीय कार्यकारिणी समितिमा पनि रहेको छ । बहुमत उपेन्द्र यादवसँग रहेको कारणले अध्यक्ष ठाकुर कुनै निर्णय गर्न नसकेको उहाँ निकट नेताहरु बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया