कुर्सी बचाउन तराईलाई मरुभूमीकरण गर्ने कार्य तुरुन्त खारेज होस्–प्रचण्ड

काठमाडौं जेठ १९ गते । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले कुर्सी बचाउने नाममा तराई मधेशलाई मरुभूमी बनाउन लागेको आरोप लगाउनु भएको छ । व्यपार घाटा कम गर्न नेपालको ढुगां, गिटी, बालुवा निकासी गर्ने सरकारले वजेट सम्बोधन गरेपछि अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ ।

आज अध्यक्ष प्रचण्डले आफ्नो फसबुकमार्फत सरकारको त्यो निर्णयलाई विरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गरियोस्।

तपाईको प्रतिक्रिया