Khadya Bibhag

निर्वाचन आयोगले माग गर्यो महन्थ ठाकुरसँग कार्यकारिणी समिति सदस्यको हस्ताक्षर

काठमाडौँ जेठ १९ गते । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्षका महन्थ ठाकुरसँग केन्द्रीय समितिमा रहेको सदस्यको हस्ताक्षर र त्यसको निाणर््य प्रतिलिपी राजिनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ अनुसार निवेदन माग गरेको छ ।

अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले एका अर्कालाई कारवाही गरेको भन्दै निर्वाचन आयोगमा जनाकारी गराउनु भएको थियो र दल दर्ता किताबबाट एक अर्काको नाम हटाउन पनि आग्रह गरेको पत्र निर्वाचन आयोगमा दार्ता गराउनु भएका थियो । तर निवेदनको ढाँचा नियमावलीको सूची अनुसार नरहेको भन्दै आयोगले अनुसूचीको ढाँचा अनुसार पत्र दिन भनेको छ ।

अध्यक्ष यादवले आयोगलाई चाहिने सबै कागजातको पुगेको छ तर निवदेनको ढाँच पुगेको छैन । तर अध्यक्ष ठाकुरले केन्द्रीय कार्यासमितिको निाणर््य अनुसार कारवाही गरेको भनेको छ तर त्यसको निर्णय र हस्ताक्षर पेस गरेको छैन । त्यो सहित अन्य डकुमेन्टहरु पेस गर्न आयोगले भनेको छ।

तपाईको प्रतिक्रिया