जेलमा रहेकोलाई लिएर बालुवाटारमा हिसाब किताब

काठमाडौँ जेठ २१ गते । केही दिनदेखि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलगायत नेताको बालुवाटार दौडधुप निकै बाक्लिएको छ ।

कैलाली टिकापुर घटनाको मुख्यदोषी करार गर्दै थुनामा रहनु भएका रेशम चौधरीको रिहायलाई मुख्यमाग बनाउँदै बालुवाटार छिर्नुभएका महन्थ ठाकुर र राजेन्द्र महतोको हिसाब किताब अझै मिलेको छैन । रेशम चौधरीका रिहाइलाई बटमलाइन बनाउनु भएका महन्थ ठाकुर र राजेन्द्र महतोले यतिखेर रेशम चौधरीको मुद्दा अदालतको विषय भएका हुनाले अदालतबाट उहाँको फैसला हुने भन्न थाल्नु भएको छ ।

जब कि रेशम चौधरीभन्दा कडा कडा मुद्दाहरु फैसला भएर वा मन्त्रीपरिषलद्को निर्णय अथवा राजनीतिक निर्णयबाट फैसला भएको हो । कस्ता कस्ता व्यक्ति महन्थ ठाकुर र राजेन्द्र महतोको आँखा अगाडि छुटेका हुन् तर अब रेशम चौधरी अदालतको फैसलाबाट मात्र रिहाइ हुने बहाना उहाँहरुले बाउन थाल्नु भएको छ र त्यसको हिसाब किताब बालुवाटारमा गर्न थाल्नु भएको छ ।

यसअघि जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादवले पनि दुई बुँदे सम्झौता गरेर सरकारमा सहभागी हुनुभएको थियो तर उहाँले पनि केही गर्न सक्नु भएन र १९ महिनापछि सरकारबाट बाहिर आउनु भयो । अहिले त्यही रेशम चौधरीको नाममा महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा जाने तरखरमा हुनुहुन्छ । अहिले बालुवाटारमा त्यसको हिसाब किताब हुँदैछ ।

जनता समाजवादी पार्टी नेपालमा सत्ता संघर्ष सुरु भएको छ । र, त्यसको टुल बनाइएको छ रेशम चौधरीलाई । राज्यले पनि मधेशी दलसँग बार्गेनिङ्ग गरिरहेको छ भने मधेशवादी दल पनि सरकारसँग रेशम चौधरीलाई देखाएर आफ्नो उपस्थिति देखाइरहेको छ । नत्र त्यस्तो नभएको भए किन यतिबेला सत्ता साझेदकारीका लागि रेशम चौधरीको रिहाईलाई सर्त बनाएको भनि प्रश्न खडा भएको छ ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले खुल्लम खुल्ला भनिरहनु भएको छ कि आफूहरुको माग जसले पुरा गर्छ त्यसलाई साथ दिनेछौं ।’ र त्यो मागमध्ये रेशम चौधरीको रिहाई मुख्य माग थियो । अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग दिनका दिन वार्ता गरिरहनु भएको छ ।

प्रधानमन्त्री अ‍ोली जसपा नेपालको मागप्रति सकारात्मक रहेको नेताहरु बताउनुहुन्छ । प्रधानमन्त्री ओलीले जसपा नेपालको माग पुरा गर्नुभयो भने उहाँलाई नै समर्थन गरेर जाने जसपा नेपालका अध्यक्ष ठाकुरले पनि भन्दै आउनुभएको छ । तर सो पार्टी अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई कुने पनि हालतमा स्वीकार गर्न सकिदैन, उहाँलाई सरकारबाट निकाल्नुपर्छ भनि भन्दै आउनुभएको छ । यहाँसम्म कि उहाँले अ‍ोली नेतृत्वको सरकारमा जाने नेता स्वतः पार्टीबाट निष्काशित हुने निर्णय पनि गर्नुभएको छ ।

रेशम चौधरीको रिहाइका लागि जसपाबाट गठन गरेको वार्ता समितिका सदस्य समेत रहेका पार्टी कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले विगतको तुलनामा प्रधानमन्त्री केपी शर्मा ओली यसपटक सकारात्मक रहेको र मागहरु पूरा गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

रेशम चौधरीको रिहाइका लागि कानुनमा के को प्रावधान छन्, त्यसको बारेमा अध्ययन भइरहेको बताउँदै उहाँले रेशम चौधरी रिहाइ हुने कुरामा आफू विश्वस्थ रहेको बताउनुभयो । यद्यपी वार्ता जारी छ, के हुन्छ त्यो अहिले नै भन्न सकिदैन, उहाँले भन्नुभयो, रेशम चौधरीलाई रिहाइ गर्ने प्रकृया सुरु भएको छ, आशा गरौं यो विषय चाँडै टुगिंयोस् ।’

दुई दिन अगाडि थरुहट संघर्ष समितिसँग पनि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सम्झौता गर्दै रेशम चौधरीमाथि लागेको मुद्दा फिर्ता हुने र रिहाइका लागि पहल गर्नु भन्नुभएको छ ।

तपाईको प्रतिक्रिया