Khadya Bibhag

मन्त्री भण्डारीले भने, एमाले हाम्रो मित्र शक्ति हो, त्यही भएर हामी सहकार्य गरेका हौं

काठमाडौँ जेठ २३ गते । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य समेत रहनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफूहरुको माग सम्बोनध गर्न तयार हुनु भएको र केही माग सम्बोधन समेत गर्नुभएको कारणले आफू सरकारमा सहभागी भएको बताउनुभयो ।

केही माग सरकारले यसअघि नै सम्बोधन गरिसकेको छ, बाँकी रहेका माग आफूहरले सरकारमा बसेर पुरा गराउने उहाँले बताउनुभयो । मन्त्रालयमा कार्यभार सम्हाल्नु हुँदै उहाँले भन्नुभयो, जसप नेपालको अबको दुईटा कार्यभार हुनेछ, एउटा सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकाँक्षालाई सफल बनाउने र अर्को मधेशको अधिकार र पहिचान दिलाउने ।’

 

जसपा र एमालेको सहकार्यमा बनेको सरकार हो, र आफूहरुले एमालेसँग मित्र शक्तिको आधारमा सहकार्य गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया