काठमाडौँ जेठ २३ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चान्दा चौधरीले आइतरा पदभार ग्रहण गर्नु भएको छ ।
सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै मन्त्री चौधरीले सामाजमा रहेका विभिन्न कुरिती अन्त्यका लागि पञ्चवर्षीय रणनीतिक कार्ययोजना मन्त्रीपरिषद्मा पठाउने फाइलमा सदर गरी कार्य प्रारम्भ गर्नु भएको छ ।
सो अवसरमा सन्चारकर्मी सँग कुराकानी गर्दै उहाँले समाजमा देखिएको कुरीति विरुद्धमा लागि पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो, म भर्खरै आएको छु, मन्त्रालय अन्तर्गत नीतिगत कार्ययोजना कार्यान्वयनका लागि प्राथमिकताका साथ के के गर्न सकिन्छ त्यसको बारेमा विस्तृत काम गर्ने योजनामा छु ।
संविधानमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको लागि उल्लेखित हक अधिकारको स्पष्ट व्यवस्था गरकोले सोही अनुसार कार्यान्वयन गर्नुमा जोड दिनु भयो ।
उहाँले महिला विरुद्धको सबै हिंसाको अन्त्यका लागि तीनै तहमा तदारुकताका साथ काम गर्नु पर्नेमा विशेष जोड दिनु भयो ।
साथै मन्त्री चौधरीले मर्यादित महिनाबारी प्रर्वद्धन सम्बन्धी निर्देशिका २०७८ स्वीकृतीका लागि मन्त्री परिषद्मा पेश गर्ने निर्णय गर्नु भयो ।
सो अवसरमा मन्त्रालयद्धारा आयोजित निवर्तमान मन्त्रीको विदाई तथा नवनियुक्त मन्त्रीहरुको स्वागत कार्यक्रममा नव नियुक्त मन्त्री चौधरीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदैं नियम कानुन अनुसार हुने काममा ढिला सुस्ती नगर्न आग्रह गर्नु भयो ।


तपाईको प्रतिक्रिया