Khadya Bibhag

नेप्से परिसूचकमा रेकर्ड ब्रेक

काठमाडौँ जेठ २५ गते । मंगलबार नेप्से परिसूचकमा रेकर्ड ब्रेक भएको छ । गत सोमबार ठूलो करेक्सनपछि सेयर बजार परिसूचक नेप्सेले गत आइतबारको आफ्नै रेकर्ड ब्रेक गर्दै मंगलबार ५३ दशमलव ४४ अंकले वृद्धि गरेको हो ।
नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का अनुसार आज सेयर बजार अधिकतम ५३ दशमलव ४४ अंकले बढेर २९६० दशमलव १४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

त्यसो त आज ठूला क वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७ दशमलव ४७ अंकले बढेर ५२८ दशमलव १० विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार यस दिन सबैजसो समूहहरु धनात्मक हुँदा होटल तथा पर्यटन, माइक्रोफाइनान्स र लगानीका क्षेत्रहरु ऋणात्मक भएका छन् ।

आज कुल २१८ कम्पनीका ३ करोड ५७ लाख ३७४ कित्ता सेयर १ लाख ४९ हजार ७०८ पटक किनबेच हुँदा कुल १६ अर्ब ९६ करोड १२ लाख ९९ हजार ४० रुपैयाँको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया