Khadya Bibhag

जसपाका विद्यार्थी संगठनले भन्यो, पार्टीले गरेको निर्णय स्वागतयोग्य

काठमाडौँ जेठ २५ गते । जनता समाजवादी पार्टी नेपाल निकट राष्ट्रिय विधार्थी संघले आज ‘वर्तमान राजनीतिक परिस्थिति, देशको समसामायिक राजनीतिक घटना र विधार्थी नेताको भुमिका” विषयमा भर्चुअल अन्तिरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष मनिष मिश्रको उपस्थितिमा भएको कार्यक्रममा देशको वर्तमान राजनीतिक संक्रमणलाई जसपा नेपालले खेलेको भूमिकालाई युवा तथा विद्यार्थीले प्रसंसा गरेका छन् ।

देशलाई निकास दिने मात्र होइन, देशकै वैकल्पिक शक्ति रुपमा जसपा नेपाल अगाडी आएको र यसमा युवा तथ विद्यार्थीको महत्वपूर्ण भूमिका रहने सहभागी विद्यार्थीहरुको धारणा थियो । कोरोनाको महामारी बढ्दैछ, त्यसमा जनतालाई कसरी सहयोग गर्न सकिन्छ त्यसको बारेमा योजनाका साथ अगाडी बढ्नुपर्ने र त्यसका लागि कार्यक्रमहरु तयार गर्नुपर्ने सुझावहरु आएको अध्यक्ष मिश्रले बताउनुभयो ।

सरकारले निर्वाचनको घोषणा गरिसकेको छ, त्यसलाई मध्यनजर गर्दै त्यसअनुसारको गतिविधि गर्न पनि विद्यार्थीहरुको सुझाव आएको बताउँदै उहाँले सरकारमा जानका लागि सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको र यसलाई सफल पार्नका लागि पनि विद्याथीहरुको सहयोग हुनुपर्ने सुझाव आएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया