Khadya Bibhag

प्रदेश २ मा जसपा (उपेन्द्र यादव पक्ष) र काँग्रेसबीच सहमति, भोली सपथग्रहण

काठमाडौँ जेठ २५ गते । जनता समाजवादी पार्टी नेपालले नेतृत्व गरेको प्रदेश २ सरकारमा नेपाली काँग्रेस र माओवादी केन्द्र सहभागी हुने भएको छ ।

उपेन्द्र यादव पक्षको जसपा, काँग्रेस, माअ‍ोवादी केन्द्रबीच भएको सहमति अनुसार काँग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछ । भोली सहमति पत्रमा हस्ताक्षर भएपछि साँझसम्म मन्त्रीको सपथग्रहण हुने बताइएको छ ।

प्रदेश २ सरकारमा १० वटा मन्त्रालय रहनेछन् । त्यसमध्ये पाँचवटा मन्त्रालय जसपा नेपालले राख्ने र बाँकी पाँचवटामा तीनवटा काँग्रेस र दुईवटा माओवादी केन्द्रले लिने सहमति भएको जसपा नेपालका एकजना प्रदेश २ का प्रदेशसभा सदस्यले जानकारी गराए ।

जसपा नेपालमा देखिएको आन्तरिक विवादका कारण प्रदेश २ सरकारबाट जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई निलम्बन गरेपछि काँग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुन लागेको हो ।

तपाईको प्रतिक्रिया