Khadya Bibhag

सर्लाहीमा टीएमएनसी आइसोलेशन सेन्टर स्थापना

सर्लाही जेठ १८ सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर १० स्थित श्री महेन्द्र रत्न जगरनाथ लक्ष्मीनियाँ मा.वि. सितापुरको परिसरमा
सामाजिक अभियन्ता सरोज रायको पहल र नेतृत्वमा निर्माण गरिएको २५ बेडको कोविड १९ अस्थाई आइसोलेसन केन्द्र टीएमएनसी आइसोलेसन सेन्टरको उद्घाटन गरिएको छ ।

आइसोलेसन केन्द्रको कार्यकारी निर्देशक समेत रहनु भएका अभियन्ता सरोज राय, नगरप्रमुख देवानन्द महतो, इलाका प्रहरी प्रमुख डिएसपी उद्धव सिंह भाट र विधालय व्यवस्थापन समिति अध्यक्ष रामबाबु राय यादवले संयुक्त रुपमा आइसोलेसन केन्द्रको उद्घाटन गर्नुभयो ।

उद्घाट कार्यक्रमको अध्यक्षता गरेको अभियन्ता रायले उक्त आइसोलेसन केन्द्र हालको संक्रमितको पूर्णरुपले निशुल्क उपचारको साथ तेस्रो लहर आउने सम्भावना समेतलाई ध्यानमा राखी स्थापना गरिएको जानकारी दिनुभयो ।

डाक्टरको सेवा लगायत अन्य जाँच, औषधी, पोषिलो खाना लगायत सम्पूर्ण सेवा निशुल्क हुने उहाँले बताउनुभयो । सो सेन्टरका लागि पाँच जना डाक्टर, केही नर्स तथा अन्य प्राविधिक व्यक्तिको व्यवस्था गरिएको छ, उनीहरु सबैजनाले निशुल्कै सेवा गर्ने बताइएको छ । उद्धघाटन कार्यक्रममा बोल्नु हुँदै अभियन्ता रायले टीएमएनसी सदस्य सप्तरी बोधेबर्साइनको आलोक यादवको कोरोनाबाट भएको असमायीक मृत्युप्रति दुख व्यक्त गर्नुभयो ।

सो आइसोलेसन केन्द्र आलोकको सम्झनामा समर्पित गरिएको उहाँले बताउनुभयो ।

 

आइसोलेसन केन्द्र स्थापनाको प्रशंसा गर्दै प्रमुख अतिथि नगरप्रमुख देवानन्दले युवाहरुको प्रयास र निस्वार्थ योगदानलाई बरहथवाको माटोले कहिले विर्सन नसक्ने बताउंदै उहााले यस्तो उदाहरनीय कार्यमा सबैलाई जुट्न आग्रह गर्र्नुभयो ।

 

कार्यक्रमको विशिष्ट अतिथि इलाका प्रहरी प्रमुख डिएसपी उद्धव सिंह भाटले अभियन्ता रायले गर्दै आएको विभिन्न सामाजिक कार्य प्रति निकै प्रभावित रहेको बताउँदै आइसोलेसन केन्द्रलाई चाहिने आवश्यक सुरक्षा व्यवस्था उपलब्ध गराउने प्रतिवद्धता गर्दै यस्तो मानवीय कार्यमा युवाहरुको सक्रियता सिंगो देशकै लागि गौरवान्वित रहेको बताउनुभयो ।

कार्यक्रमको अर्को विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रामबाबु राय यादवले कोरोना संक्रमितको उपचार निकै चुनौतीपूर्ण र जोखिम रहेको भए तापनि मानिसको ज्यान जोगाउने संवेदनशील विषय भएकोले विद्यालय परिवारले आइसोलेसन केन्द्र निर्माण गर्न विद्यललय परिसरभित्रको दश कोठे भवन र विद्यालयसँग रहेको अन्य साधन सहयोग पुर्याउन पाएकोमा आफुलाई निकै सन्तोष मिलेको बताउनुभयो ।

आइसोलेसन केन्द्रको व्यवस्थापनमा भोलेन्टियर सहयोग दिराखेका सर्लाही कोविड १९ रापिड रेस्पोन्स टिमको संयोजक नविन यादवले देशकै नमुना आइसोलेसन केन्द्र बनाउन आफ्नो टिम सक्दो प्रयाश गर्ने बताउनुभयो ।

 

अभियन्ता रायले दिएको जानकारी अनुसार आइसोलेसन निर्माणमा भोलेन्टियर्स कार्प नेपालले २५ थान आक्सिजन सिलिन्डर सहित अन्य स्वास्थ सामग्री उपलब्ध गराएको छ । यस्तै, बालविकास नेपालले केहि थान थर्मलगन र सेनेटाइजर उपलब्ध गराउनुको साथ केन्द्रलाई चाहिने औषधी र खादान्न सामग्रीमा पनि सहयोग गर्ने संस्थाको अध्यक्ष विरेन्द्र यादवबाट आश्वासन आएको छ । भेनस अस्पतालले विरामीको निशुल्क ल्याब परिक्षण गर्ने जिम्मा लिएका छन् । जनकल्याण समाजले ४० थान नेवोलाइजर र संजय पुस्तक भण्डारले केहि थान मास्क र फेस शिल्ड सहयोग गरेका छन् । लालबाबु राय, महेन्द्र ठाकुर र मदन गुप्ताले २५ थान औषधी राख्ने स्टेन्डको साथै स्थानीय केहि दाताबाट आर्थिक सहयोग समेत गरेका छन् ।

 

टीएमएनसी आइसोलेसन केन्द्र संचालनको लागि गठन गरिएको संचालक समितिको कार्यकारी निर्देशकमा अभियन्ता सरोज राय, व्यवस्थापन संयोजकमा नविन यादव, आर्थिक संयोजकमा बिरेन्द्र यादव, यातायात व्यवस्थापन संयोजकमा सरोज कुशवाहा, खद्यान्न र औषधि संयोजकमा घनश्याम झा, प्रचार प्रसार संयोजकमा कृष्ण दाहाल, स्वंमसेवक संयोजकमा संजिव यादव, मेडिकल इन्चार्जमा डा। राजेश यादव र विद्यालयबाट एकजना रहने गरि गठन गरिएको छ ।

 

उदघाटन कार्यक्रममा वार्ड अध्यक्ष राम जिनिस साह, प्रधानाध्यापक देवीदत्त प्रसाद यादव, डा. सत्यनारायण यादव, विसिएनको उपाध्यक्ष राधा मतांगी, बालविकासको सुनिल यादव, मेडिकल टिमबाट ड़ा. धर्मेन्द्र यादव, डा. रंधिर यादव, हेल्थ असिस्टेन्ट पप्पु यादव र खुसीलाल यादव, फिजियोथेरापिस्ट अमर महतो, पत्रकार विश्वनाथ ठाकुर लगायत स्थानीय बुद्धिजीवी र भलभला व्यक्तित्वहरुको उपस्थित हुनुहुन्थ्यो ।

 

आइसोलेसन केन्द्रमा भर्ना भएका हरेक विरामीको लागि टुथब्रस र पेस्ट, साबुन, सेनेटाइजर, मास्क, चपल्ल, नेवोलाइजर, च्यावनप्रास, वेसारयुक्त दुध, काढा आदिको व्यवस्था गरिएको र दक्ष मेडिकल टिमबाट उपचार हुने व्यवस्था मिलाइएको जानकारी अभियन्ता रायले दिनुभयो । साथै, ओपिडी सेवा र पिसिआर जांचको लागि चांडै व्यवस्था मिलाउने जानकारी समेत उहाँले दिनुभयो ।

तपाईको प्रतिक्रिया