Khadya Bibhag

काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ जेठ २९ गते । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

असार ३ गते केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्नेछ । १४ औं महाधिवेशन सार्ने निर्णय अनुमोदनका लागि बैठक बोलाएको बताइएको छ ।

पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधनको निर्णय गरेको छ । आगामी भदौ ६–१० का लागि निर्धारित महाधिवेशन भदौ १६–१९ मा गर्ने पदाधिकारी बैठकले निर्णय लिएको छ ।

तपाईको प्रतिक्रिया