काठमाडौँ जेठ ३० गते । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजिव गुरूङ अर्थात दीपक मनाङ्गेलाई बचाउ गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा अोली अध्यक्ष रहेको एमालेलाई छाडेर गठबन्धन (काँग्रेस, माअोवादी केन्द्र, एमाले (माधव कुमार नेपाल) र जसपा) लाई सरकार बनाउन समर्थन गरेपछि अध्यक्ष भट्टराईले सो बचाउ गरेका हुन् ।
उहाँले फेसबुकमा आफूसँग मनाङ्गेको फोटो राखेर लेख्नु भएको छ, ‘ मेरो सुविचारित र अनुभवजन्य मान्यता छ– ‘कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न ।’ समाज÷राज्यले मान्छेलाई अपराधी बनाउँछ । साथै वर्गीय÷जातिय÷लैंगिक विभेद भएको समाजमा राज्य÷समाजको वर्चस्वशाली तप्काले उत्पीडित÷वहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइ दिनसक्छ । अतःअपराध÷अपराधी एक सापेक्ष अवधारणा हो ।’
रत्नाकर बाल्मिकी बनेको सबैले सुनेको उल्लेख गर्दै उहाँले राजीव गुरूङ्गहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने भनि प्रश्न गर्नुभएको छ ।
आफू २०५९÷०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल÷बन्दी गृहको भ्रमण गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्; अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् । त्यही सोचका साथ आफु प्रधानमन्त्री छँदा मैले जेलसुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिए, जसको प्रतिवेदन अझै कार्यान्वयन हुन सकेको छैन ।’
दीपक मनाङ्गेले मन्त्रीपदबाट राजिनामा दिनुभन्दा पहिले डा.भट्टराईलाई भेट्नु भएको थियो । उहाँसँगको भेटपछि राजिनामा दिएर गठबन्धनमा आउनु भएको हो । उहाँ एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट २०७४ को प्रदेशसभा चुनाव जित्नु भएको थियो । चुनाव जितेपनि उहाँ फरार हुनुभयो । वैशाख २०७५ मा पक्राउ परेका मनाङ्गेले फैसला पुनरावेदनका लागि सर्वोच्चमा निवेदन दर्ता गराई धरौटी रकम बुझाएपछि तारेखमा छुुट्नु भएको थियो ।
उहाँ जेलबाट रिहाइ हुने वित्तिकै संसदको सपथग्रहण गर्नुभएको थियो । नेकपा विभाजन भएपछि स्वतन्त्र सांसद घोषणा गर्नुभएका मनागें एमाले नेतृत्वको सरकारलाई साथ दिइरहनु भएको थियो ।
जब मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने कुरा आयो अनि उहाँ एकाएक गायव हुनुभयो । त्यही बेला उहाँ डा.बाबुराम भट्टराईलाई भेटेको स्रोतले दावी गरेको छ । अविश्वासको प्रस्तावमा मनाङ्गे निर्णायक हुनुहुन्थ्यो । उहाँले पृथ्वीसुव्वाको पक्षमा मतदान गरेको भए आज मुख्यमन्त्री पदबाट हट्नु पर्ने थिएन । तर उहाँ गायब भएपछि बल्ला काँग्रेसका सांसद कृष्णचन्द नेपाली पोखरेल मृख्यमन्त्री बन्न सफल बन्नु भएको हो ।
अनि त अध्यक्ष भट्टराईले लेख्नुभयो, ‘कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न’
तपाईको प्रतिक्रिया