काठमाडौ जेठ ३० गते । जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक 11 बजेका लागि बोलाएको थियो तर बहुत नपुगेपछि बैठक स्थगित भएको हो । पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोगमा परेको निवेदनलगायतको विषयमा छलफलका लागि बैठक बोलाइएको थियो तर बहुमत नपुग्दा बैठक स्थगित भएको एक नेताले बताउनि भयो । बैठकमा नयाँ पार्टी दर्ताको विषयमा चर्चा हुन सक्थ्यो, स्रोतले भन्यो । निर्वाचन आयोगमा बहुुुमत पुर्याउन नसकेपछि पार्टी नै हातबाट जाने सम्भावना देखेपछि नयाँ पार्टी दर्ता गराउने सोच बनाएको बुझिएको छ । तर महन्थ ठाकुरले कार्यकारिणी समितिमा बहुत पुर्याउनका लागि अन्तिम प्रयास गरिरहनु भएको छ । उपेन्द्र यादव पक्षमा रहेका नेताहरुलाई निरन्तर सम्पर्क गरिरहनु भएको छ ।


तपाईको प्रतिक्रिया