सर्लाही असार १ गते । कोरोना महामारीको दोश्रो लहरले निकै आक्रमक र संक्रामक भएसगै आम जनमानसको जीवन त्रसित बन्ने क्रम जारी नै छ । झन सेवा प्रयादकहरुको जीवन अझ बढी जोखिममा रहेको छ ।
कोरोना संक्रमित व्यक्ति तथा अन्य रोग भएको व्यक्तिहरुलाई सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स सगै बिरामीलाई समयमा र सही स्थानमा पुरयाउने एम्बुलेन्स ड्राइभरहरुको जीवन पनि उच्च जोखिममा रहेको छ । आफनो जीवनलाई उच्च जोखिममा राखेर कोरोना महामारीको बीच बिरामीहरुलाई यातायात सेवा प्रदान गरि रहेका सर्लाही जिल्लाका एम्बुलेन्स चालकहरुमध्ये अधिकांश चालकहरु आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री बिना नै सेवा प्रदान गरि रहेका छन् ।
त्यसैले, कोरोना महामारी बिच यातायात सेवा प्रदान गर्ने सर्लाही जिल्लाका ४० एम्बुलेन्स चालकहरुको जीवनलाई सुरक्षित बनाउन उनीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री सेट प्रदान गर्न लागिएको छ । आज सोमवारको दिन २४ वटा एम्बुलेन्स चालकलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरि सकिएको छ । बाँकी १६ वटा एम्बुलेन्स चालकलाई पनि सो स्वास्थ्य सुरक्षा सामाग्री एक दुई दिनमा प्रदान गरि सकिनेछ ।
पिपिई सेट १ थान, फेस शिल्ड १ थान, सर्जिकल मास्क ५० पिस, सेनिटाइजर १ बोटल, ह्यान्डस ग्लोबस १० पिस सहितको स्वास्थ्य सुरक्षा सामाग्री प्रत्येक एम्बुलेन्स चालकलाई प्रदान गरिएको छ, भोरका कोषाध्यक्ष उमेश कुमार साहले बताउनुभयो । सानो पाइलालाई एचएलई नेपाल प्रालिले सहयोग गरेको ६० पिपिई सेटमा भोरको तर्फबाट सर्जिकल मास्क ५० पिस, सेनिटाइजर १ बोटल, ह्यान्डस ग्लोबस १० पिस थपेर सम्पूर्ण स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्न लागिएको सानो पाइलाका संचालन प्रमुख जय साहले जानकारी दिए ।
वीरगंज स्थित सानो पाइला संस्थाको सहयोगमा र भोर, अनुसन्धानमुलक परोपकारी संस्थाको पहलमा ४० एम्बुलेन्स चालकलाई सो स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्न लागिएको भोरका अध्यक्ष पचुलाल माझीले जनाउनुभयो ।


तपाईको प्रतिक्रिया