काठमाडौँ असार २ गते । हिजो रातीदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ ।
साथै हेलम्बुमा रहेको माछा फर्मसँगै बाढीले केही मानिस बगाएको हुन सक्ने अनुमान गरिएको छ ।
विहानैदेखि सेनाको हेलिकप्टरले बाढी तथा पहिरामो फँसेकालाई उद्धार गरिरहेको छ । हालसम्मको जानकारी अनुसार सातजना बेपत्ता भएका छन् भने एकजनाको शव फेला परेको छ । 



तपाईको प्रतिक्रिया