काठमाडौँ असार २ गते । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५२ जनाको मृत्यु भएको छ भने २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनाको परीक्षण कोरोना परिक्षण गरिएको थियो ।
आज ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४३ हजार ५२१ रहेको छ भने हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ ।
आजसम्म कुल संक्रमित भएकामध्ये ८८.४९ प्रतिशत निको भएको छ ।


तपाईको प्रतिक्रिया