जीवन विकास लघुवित्तको आइपियो विक्रि खुल्ला हुने

काठमाडौ असार ३ गते । जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आइपिओ विक्रि खुल्ला गर्ने भएको छ । लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपियाँ बराबरको आइपिओ निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाएपछि १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ बिक्री गर्न लागेको हो ।

यसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ३० हजार ४ सय २० कित्ता कर्मचारी र कुल निष्कासनको ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ ।

बाँकी १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया