Khadya Bibhag

प्रहरी कार्यालयमै गएर प्रहरीलाई ताथानाम गाली गर्ने ज्वलालाई किन हुँदैन कारवाही ?

नेपाल प्रहरीका सहायक निरीक्षक (असई) मणिकान्त झामाथि अशब्द प्रयोग गरेका ज्वाला संग्रौलालाई प्रहरीले कारवाही गर्नबाट डराई रहेको छ । जुन संग्रौलको धम्कीले असई झाको सरुवा भएको थियो त्यही संग्रौलालाई प्रहरीले कारवाही गर्ला त प्रश्न उठेको छ ।

झा हुन् मधेशका हुन् मधेशैतिर गएर खेतीपाती गरे हुने नि भनि नश्लीय शब्द प्रयोग गरी ज्वाला संग्रोलाले जसरी पनि झालाई सरुवा गराई दिने भनि धम्की दिनुभएको थियो । नहुँदै केही दिनमै महराजागञ्जबाट बगीखानामा उहाँको सरुवा भएको थियो । प्रहरी चौकीमै गएर यसरी प्रहरी जवानमाथि तुच्छ शब्द प्रयोग गरेपनि प्रहरी प्रशासन मौन रह्यो भने प्रहरी जवानको हौसला कम हुने टिप्पणी भइरहेको छ ।

जेठ ११ गते बाटोमा ट्राफिक चेकिङमा संग्रौलालाई झासहितको टालीले चेकजाँच गर्दा कोरोनाको समयमा पास लिएर हिड्नुपर्ने उहाँसँग पास पनि थिएन, उहाँसँग रहेका अरु साथीको लाइसेन्स पनि थिएन ।

त्यसपछि झाले उहाँलाई सोधपुछ गर्ने क्रममा चर्काचर्की कुरा भएको थियो । संग्रौलाले आफूलाई समाजसेवी र राहत वितरणका लागि हिडेको भनि दावी गर्नुभएका थियो । त्यही पनि झालाई संग्रौलाले विभिन्न धम्कीहरुले दिनुभएको थियो ।

त्यहाँबाट ट्राफिक प्रहरी कार्यालयमा आएर पनि झामाथि जथाभावी बोल्नु भएको भिडियो सार्वजनिक भएको छ । एउटा प्रहरी ड्युटीमा भएको बेला विभिन्न धम्की दिँदा पनि प्रहरी प्रशासन मौन बस्नुमा राज्य नै नस्लीय रहेको टिप्पणी भइरहेको छ ।

राष्ट्रिय मधेशी आयोगले यो घटनाको बारेमा प्रहरी प्रधान कार्यालयलाई ध्यानाकर्षण पनि गराएको छ तैपनि प्रहरी प्रधान कार्यालयले यसमा कुनै चासो लिएको छैन । प्रहरी प्रवक्ता वसन्त कुँवरले यस्ता सानातिना घटनाहरु भइरहन्छन् कतिलाई कारवाही गर्दै हिड्ने हो, यो मिडियामा आएको कारण यति चर्चा भएको हो नत्र यस्ता धेरै घटनाहरु भइरहेको हुन्छ भनि सञ्चारमाध्यमलाई प्रतिकृया दिनुभएको छ ।
उहाँले प्रहरीले यसमा केही कारवाही गर्न नसक्ने भन्दै आयोगले उजुरी गरेको छ त्यसबाट केही हुनसक्छ भने हुन्छ नत्र हुँदैन भन्दै कारवाही गर्नेबाट पन्छिनु भएको छ ।

तपाईको प्रतिक्रिया