Khadya Bibhag

जसपा कार्यकारिणी समितिको बैठक जारी

काठमाडौँ असार ३–जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । निर्वाचन आयोगको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने कि पार्टीको आधिकारिताका लागि निर्वाचन आयोग जाने कि के गर्ने विषयमा बैठकमा छलफल भइरहेको छ । बैठक उपेन्द्र यादवको अध्यक्षतामा बसिरहेको छ ।

जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा ११ वजेदेखि सुरु भएको बैठक अझै जारी रहेको छ । तर यो बैठकको बारेमा जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले पार्टीको कुनै बैठक नरहेको विज्ञप्तिमार्फत जानकारी गराउनु भएको थियो । यो बैठकले गर्ने निर्णय मान्य नुहने पनि उहाँले भन्नुभएको थियो ।

तर जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट निष्काशित गरिसक्नु भएका व्यक्ति पार्टीको बैठक नरहेको भन्नु गलत भएको पार्टीका कार्यकारिणी सदस्यका इस्तियाक राइले बताउनुभयो

तपाईको प्रतिक्रिया