काठमाडौँ असार ३ गते । प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा परेको रिट सम्बन्धमा राष्ट्रपतिका कार्यालयले सर्वोच्च अदालतलाई जवाफ पठाएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयको तर्फबाट निमित्त सचिव रुपनारायण भट्टराईले महान्यायान्याधिवक्ताको कार्यालयको तर्फबाट बिहिबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्री पदमा दावी गरेका शेर बहादुर देउवा र केपी शर्मा ओली दुवैले संसदबाट विश्वासको मत पाउने नदेखएिको हुनाले प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको जवाफ दिएको छ ।
प्रधानमन्त्री ओलीद्वारा १८ बुँदे लिखित जवाफ अदालतमा पेश


तपाईको प्रतिक्रिया