कोरोना संक्रमितको सँख्या घट्दै, पछिल्लो २४ घण्टामा ५१ जनाको मृत्यु

काठमाडौँ असार ६ गते । कोरोना संक्रमणको सख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ४५६ जना कोराना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना भाइरसको सङ्क्रमणमुक्त हुने जानेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।

गत २४ घण्टामा दुई हजार ४४२ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा दुई हजार ४४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । गत २४ घण्टामा नै ५१ जनाको मृत्यु भएको छ । नेपालमा हाल ५५ हजार ५३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । काठमाडौं उपत्यकामा ५४८ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना सङ्क्रमित थपिए । त्यस्तै, १० वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

तपाईको प्रतिक्रिया