सप्तरी असार ७ गते । कोरोनाको निषेधज्ञाका कारण मधेशका सहिद परिवारलाई दैनिक गुजारा गर्नमा समस्या भएको छ । मजदुरी गरेर, व्यवसायी गरेर बाँचि रहेका सहिद परिवारलाई यतिबेला निकै समस्या भइरहेको छ ।
हिजो रास्ट्रिय एकता अभियानले सहित परिवारको घरमा गएर उनीहरुको बारेमा जानकारी लिएको छ । अभियानका उपाध्यक्ष सुनिता साहका अनुसार सहिद परिवारको अवस्था निकै नाजुक पाएको बताउनुभयो । उहाँहरुलाई दैनिक गुजाराका लािग समस्या भइरहेको छ, विहान बेलुका के खाने त्यसको पनि समस्या छ, टुहोरो बालबच्चालाई पोषिलो खाना खुवाउन सकिरेको छैन, उहाँले भन्नुभयो, सहिद परिवारहरुले कुनै सहयोग कतैबाट नपाएपछि ऋण गरेर गुजारा रहेको छ, हामीले सकेजति सहयोग गरेका छौं ।’
अभियानका उपाध्यक्ष सुनिता साह आइतवार सहिद परिवार सप्तरी जिल्ला मलेठ निवासी विरेन्द्र मेहता र पिताम्बर मण्डल सहितको घरमै गएर राहत प्रदान गनुृभएको छ ।
उहाँहरुको घरमै गई अवस्था बारे बुझदै २५ के.जी चामल २ के.जी. दाल, स्वाबिन १ के.जी. साबुन २ थान ,नुन एक पाकेट, खाने तेल १ लिटर, बिस्कुट २ वटा, माक्स सहित गरि प्याकेज बनाइ राहत सामाग्री रास्ट्रिय एकता अभियान द्वारा वितरण गरिएको उहाँले बताउनुभयो ।
सहिद पिताम्बर मण्डलका परिवारले कोरोनाको समयमा कसैले सोधखोज समेत गर्न नआएको गनुसो गर्दै कोरोनाको समयमा निकै गाह्रो भइरहेको बताउनुभयो । कहिलेकाही भोकै बस्नुपर्छ भने भोक सहन नसकेपछि ऋण लिएर गुजारा गर्दै आइरहेको छु, उहाँले भन्नुभयो, सरकारल सहिद परिवारका लागि के के सहयोग गर्छु भनेको थियो तर एकपटक पनि सोध्न आएको छैन ।’
त्यही अवस्था छ, सहिद विरेन्द्र मेहता परिवारको । अहिले तीन तहको सरकार रहेको छ तर दैनिक गुजारा गर्न पनि गाह्रो भइरहेको उहाँका परिवारका सदस्यले बताउनुभयो ।
सहिदको नाममा कोही मन्त्री हुनुभयो, कोही मुख्यमन्त्री हुनुभयो तर तर सहिद परिवारको अवस्था कस्तो छ, कोरोनाको समयमा उनीहरुले के खाइरहेको होला, कसरी बाँचेको होला भनि कसैले सोध खोज नगरेको उहाँले बताउनुभयो । सरकारले प्रत्येक सहिद परिवारलाई एउटा जागिर दिने भनेको छ तर अहिलेसम्म जागिर पनि नपाएको उहाँहरुले गुनासो गर्नुभयो ।


तपाईको प्रतिक्रिया