Khadya Bibhag

प्रभु साह प्रमुख आतिथी रहनु भएको कार्यक्रममा झडप

रौतहट असार १० गते । एमालेका नेता प्रभु साहको उपस्थितिमा भएको रौतहटको मौलापुर नगरपालिकाको कार्यक्रममा दुई पक्षबीच झडप भएको छ । नगरपालिका कार्यालयमा जारी नगरसभाको क्रममा विपक्षी दलका कार्यकर्ताहरुले मौलापुर चौकमा विरोध प्रदर्शन गर्दा सो झडप भएको बताइएको छ । सो नगरपालिकाको मेयर प्रभु साहका श्रीमती रिनादेवी साह हुनुहुन्छ । प्रहरीले सो झडपलाई नियन्त्रणका लागि आश्रुग्यास प्रहार गरेको थियो ।

मौलापुर नगरसभा जारी रहँदा दुई पक्षको बीचमा झडप भएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताउनुभायो । उहाँले झडपलाई नियन्त्रणमा लिनका प्रहरीले पाँच राउण्ड अश्रु ग्यास प्रहार गरेको जानकारी दिनुभयो ।

सोही क्रममा मेयर पक्षका कार्यकर्ता र विपक्षी दलका कार्यकर्ताहरु बीच झडप भएको हो। झडपलाई नियन्त्रणमा लिनको लागि सुरक्षा व्यवस्था कडा पारिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया