उपेन्द्र यादवले भन्नुभयो, ‘राष्ट्रपति भण्डारीले भन्नु पर्यो कि अ‍ोलीबाहेक अरु कसैलाई प्रधानमन्त्रीमा स्वीकार गर्न सकिदैन या निकास दिनुपर्यो’

काठमाडौँ असार १० गते । जनता समावादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संघीयतालाई समाप्त पारेर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले निरकुंश शासन सत्ता सञ्चालन गर्न चाहेको आरोप लगाउनु भयो ।

विपक्षी गठबन्धनद्वारा सम्पादकहरुसँग छलफलका लागि आयोजित कार्यक्रममा उहाँले एकातिर विश्वासको मत प्राप्त गर्न सक्दैन भने अर्कोतिर राष्ट्रपति कार्यालयमा गएर प्रधानमन्त्री पदको सपथ लिने गरेको टिप्पणी गर्नुभयो ।

दुनियाँको इतिहासमा एउटै संसदलाई एउटै प्रधानमन्त्रीले विघटन गरेको कही पनि नरहेको बताउनु हुँदै अध्यक्ष यादवले राष्ट्रपति विद्या देवी भण्डारीले भन्नु पर्यो कि केपी अ‍ोलीबाहेक अरु कसैलार्य प्रधानमन्त्री स्वीकार गर्न सकिदैन, नत्र संवैधानिक संकटलाई निकास दिनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया