उपेन्द्र यादवले भन्नुभयो, जसपा नेपालका केही नेता बाटो विराएका हुन्’

काठमाडौँ असार १२ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता र लोकतन्त्रलाई जोगाउनका लागि पार्टीलाई संगठित रुपमाले आगाडि बढ्नुपर्ने बताउनु भएको छ ।

लोकतन्त्रमाथि नै खतरा बढी रहेको अवस्थाले गर्दा त्यसलाई जोगाउने दायित्व जसपा नेपालमाथिग आइलागेको बताउँदै उहाँले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संघीयतालाई समाप्त पारिरहेको कारण त्यसलाई जोगाउन दायित्व आइ लागेको बताउनुभयो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज स्वास्थ्य सामग्री वितरण कार्यक्रममा उहाँले लोकतन्त्र संस्थागत गर्नका लागि संगगित हुनु आवश्यक रहेको कुरामा जोड दिनुभयो । उहाँले संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।

अवैधानिक बाटोबाट संसद विघटन भएको हुनाले सर्वोच्च अदालतले त्यसलाई पुनस्थापना गर्नेमा आफू विश्वस्त रहेकोबताउँदै उहाँले जसपाका केही नेताहरु बाटो विराएको कारण ओलीले अवैधानिक कदम चालेको बताउनुभयो । उहाँले जसपा पार्टी विभाजन भएको छैन, केही नेताहरु बाटो विराएका छन् ।’

अध्यक्ष यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाले प्रदेश नं २ लाई चिकित्सा विज्ञानको केन्द्रका रुपमा स्थापित गराउन सहयोग पुग्ने बताउनुभयो । उहाँले प्रदेशलाई स्तरीय स्वास्थ्य उपचारको केन्द्र बनाउन प्रतिष्ठानहरु स्थापना भएको बताउनुभयो ।

रामराजा प्रतिष्ठानको जग्गा विवादको समस्या भर्खरै समाधान भई काम अगाडि बढेकामा खुशी व्यक्त गर्दै उहाँले डिपिआरपछि प्रतिष्ठान निर्माण कार्य शुरु हुने विश्वास व्यक्त गर्नुभयो । अन्य शिक्षाभन्दा मेडिकल शिक्षाको माग बढेको बेला प्रतिष्ठान स्थापनाले आफ्नै ठाउँमा डाक्टर उत्पादन हुने तथा नेपाल र भारतका सेवाग्राहीको आगमनले व्यापार वृद्धि भई विकासको गति बढ्ने यादवले बताउनुभयो ।

कोभिड–१९ को तेस्रो लहर बढी खतरनाक हुने भएकाले स्वास्थ्य उपकरणको जोहो गर्न जरुरी रहेको जनाउँदै उहाँले अभाव नहोस् भनेर स्वास्थ्य सामग्री प्रदान गरिएको जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष यादवले अस्पताललाई ७० कार्टुन के ९५ मास्क र नौवटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नुभयो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झालाई सामग्री हस्तान्तरण गर्दै उहाँले जनशक्ति र साधनस्रोतको कमी रहेकाले स्वास्थ्य चेतनाको बढी जरुरी रहेको बताउनुभयो । उहाँले विकासका लागि स्वास्थ्य, यातायात र सञ्चारलाई तराईदेखि पहाडसम्म जोड्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेशका उपसभामुख उपमा देव, भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह, पूर्वशिक्षामन्त्री रेणु यादव, राजविराज नगरप्रमुख शम्भुप्रसाद यादव लगायत जसपाका नेताको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया