काठमाडौँ असार १८ गते । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशकी नेतृ सुमन शर्मा रायमाझीले आफूलाई झुक्याएर मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्न लगाएको दावी गर्नुभएको छ ।
लुम्बिनी सरकारको राज्यमन्त्री पदबाट राजीनामा दिनु भएका राज्यमन्त्री रायमाझीले लुम्बनी प्रदेशका प्रदेश सांसदले सन्तोषकुमार पाण्डेले आफूलाई पार्टीको अध्यक्षको निर्देशन आएको छ, सरकारलाई समर्थन गर्नुपर्ने भनेपछि आफूले पार्टी अध्यक्षको निर्देशन नै होला भनि समर्थन गरेको थिए तर पछि पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले कारवाही गरेपछि सबै कुरा थाह पाएको दावी गर्नुभयो ।
सांसद सन्तोष पाण्ड जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरको निर्देशन अनुसार मुख्यमन्त्री पोखरेललाई समर्थन गर्नुभएको थियो ।
मुख्यमन्त्री पोखरेललाई समर्थन गरेपछि अध्यक्ष उपेन्द्र यादवले कारवाहीको प्रकृया अगाडि बढाएपछि राज्यमन्त्री रायमाझीले राजिनामा दिनुभएको हो ।
उहाँले आफूलाई जसपाका प्रदेश सांसद सन्तोषकुमार पाण्डेले छलछाम गरी सरकारमा लगेको बताउँदै आफू जसपाको मूलधारमा रहेर पार्टीको नीति सिद्धान्त अनुसारको प्रतिगमनको विरुद्धमा सङ्घर्ष गर्ने घोषणा गनुृभयो ।
जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पत्र लेखेर आफूमाथि गरिएको कारबाही फिर्ता लिन पनि आग्रह गर्नुभएको छ ।
उहाँले वैशाख ६ गते गतेको संसदीय दलको निर्णय बमोजिम सही छाप गरी लुम्बिनी प्रदेश सरकारको विरुद्धमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको तर प्रदेश सांसद पाण्डेले जसपाको अध्यक्षको निर्देशन बमोजिम काम गर्नुपर्ने भन्दै झुक्याएर सरकारमा सहभागी गराएको पत्रका दावी गर्नुभएको छ ।
उहाँले अध्यक्ष यादवलाई लेखेको पत्रका भन्नुभएको छ, ‘आफ्नो हस्ताक्षरको पक्षमा काम रहन नसकी हाम्रो संसदीय दलका माननीय सन्तोष कुमार पाण्डेले राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकरण भई जनता समाजवादी पार्टी नेपाल निर्माण भइसकेको भनेर झुक्याइ जसपा अध्यक्षको निर्देशन बमोजिम काम गर्नुपर्ने र विभिन्न मुद्दामा सङ्घीय सरकारबाट सहयोग प्राप्त हुने भनेर गलफतीमा परेर मेरो हस्ताक्षरको लागि मलाई बाध्य गराइ मबाट पार्टीको निर्णय र संसदीय दलको निर्णय बमोजिम म उपर भएको कारबाहीको जानकारीसमेत प्राप्त नगरेको र सो सम्बन्धमा म उपर कारबाही भएको भनी अनुमानको आधारमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनु भएको थियो ।’
सो मुद्दामा सुनुवाइ भई अल्पकालीन आदेशसमेत भएको बताउँदै उहाँले आफू आफ्नो हकमा सो रिट निवेदन फिर्ता लिएको जानकारीसमेत गराउनुभयो । उहाँले आफू पार्टीको निर्णय, ह्वीप तथा हकहित विपरीत कुनै कार्य नगर्ने प्रतिबद्धता जनाउँदै आफूमाथि गरिएको कारबाही फिर्ता गरी पार्टी पद तथा प्रदेश सभा सदस्य पदसमेत यथावत् राखेर न्याय गर्न आग्रह गर्नुभयो ।



तपाईको प्रतिक्रिया