आमिर खान र किरणले गर्नुभयो अलग हुने घोषणा

मुम्बनई असार।र १९ गते । बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले आफूहरुले वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गर्नुभएको छ । उहाँहरुले आज एक विज्ञप्ति जारी गरी १५ वर्षको सम्बन्धलाई आधिकारिकरुपमा टुंग्याएको बताउनु भएको छ ।

बलिउडमा निकै उदाहरणीय मानिएको यो जोडीले जीवनको नयाँ अध्यायको सुरुआत भएको समेत बताउनु भएको छ । ‘सम्बन्ध विच्छेद जीवनको अन्त्य होइन, बरु जीवनको नयाँ यात्राको शुभारम्भ हो’ आमिर र किरणले विज्ञप्तिमा भन्नु भएको छ ।

छोरा आजादलाई मिलेर हुर्काउने र अभिभावकत्व लिने समेत उहाँहरुले जनाउनु भएको छ । आमिर र किरण दुबैले आफ्ना प्रशंसकलाई यो कठिन घडीमा साथ दिन समेत भन्नु भएको छ । आफूहरु भविष्यमा पति र पत्नी नभएर को–प्यारेन्ट र व्यवसायिकरुपमा अघि बढ्ने पनि उहाँहरुले जनाउनु भएको छ ।
एजेन्सी

तपाईको प्रतिक्रिया