काठमाडौँ असार २१ गते । धनुषा–सिरहा जोडन कमल नदीको पुल बनाउने लुम्बनी विल्डर्स जेभीले गलतलाई ढाकछोप गर्दै त्यसबाट उम्कीन खोज्दैछ । कमला पुल निर्माण भइ सञ्चालनको अवस्थामा रहेको बेला नै बाढीको कारण सो भत्कियो ।
यसले पुष्टि हुन्छ कि काम कमसल भएको छ । उहाँलाई कानुन अनुसार कारवाही हुनुपर्ने माग भइरहेको बेला सो कम्पनीले भत्केकोलाई बनाई दिने भनेको छ । त्यो बनाउने उहाँकै दायित्व नै हो । सम्झौतामा नै त्यो कुरा उल्लेख हुन्छ । पुल बनिसकेपछि पाँच भित्रसम्म केही भयो भने त्यसलाई बनाउने काम कम्पनीकै हो । तर सञ्चालन नै नभइकन जुन रुपमा त्यो पुल भत्कियो त्यो एउटा अपराध नै भनि कारवाहीको माग उठि रहेको बेला भत्केकोलाई बनाइृ दिने भन्दै अपराधबाट उम्किने प्रयास गरिरहनु भएको छ ।
सिरहा–धानुषाको सीमानामा बनिरहेको कमला नदीमा बनेको सञ्चालनको तयारीमा थियो तर पछिल्लो समय आएको बाढीले पुललाई भत्काएको छ । पुलमा रहेको १९ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भाँसिएको छ ।
भाँसिएको भाग ठेकदार कम्पनीले आफ्नै खर्चमा बनाउने हुलाकी सडक निर्देशनालय अन्तर्गतको योजना कार्यालय जनकपुरलाई पत्रमार्फत जानकारी गराईसकेको लुम्बिनी बिल्डर्स जेभीका प्रमुख बिष्णु प्रसाद शर्माले बताउनुभयो । पाँच वर्षसम्म कुनै समस्या भएमा ठेकदार कम्पनीले नै बनाउने सहमति भए अनुसार भत्केको भागलाई निर्माण गर्ने उहाँले बताउनुभयो ।
अविरल वर्षाका कारण कमला नदीमा यस वर्ष गतवर्षको तुलनामा करिव १ मिटर बढी पानिको सतह बढेको छ । सञ्चालन नुहँदै पुलको पिलर भाँसिएको कम्पनीको दावी छ ।
४७० मिटर लामो पुल निर्माणको जिम्मा पप्पु–लुम्बिनी जेभीलाई गत २०६८ सालमा दिइएको थियो । पछि पुल निर्माणको पूरा जिम्मा लुम्बिनी बिल्डर्सलाई दिइएको थियो । ११ मिटर चौडाई रहेको कमला पुल १२ एस्पानको छ । नदीको दुबैतीर तटबन्ध बनाएर बहाब पुलभित्र छिराएको छ । कमलामा पुल नहुँदा सिरहा र धनुषाका लाखौं मानिस प्रत्यक्ष प्रभावित हुँदै आएका छन् ।


तपाईको प्रतिक्रिया