Khadya Bibhag

महन्थ ठाकुरले छलछाम गरेको मृगेन्द्र सिंह यादवको आरोप

काठमाडौँ असार २१ गते । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं राष्ट्रियसभाका सदस्य मृगेन्द्रकुमार सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकार र दम्भबाट देश सञ्चालन गर्न खोज्नु भएको आरोप लगाउनु भएको छ ।

राष्ट्रियसभामा बोल्नु हुँदै उहाँले भन्नुभयो, ‘अहंकार से नास होत है धर्म वैभव वंश, नमानो तो देखलो रावण और कंस’, अर्को कुरा ‘संगहत से होत है, सगहत से गुण जात’, प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको संगतमा परेर हाम्रो पार्टीका सन्त महन्थ पनि छलछाम जालझेल र जालसाजमा महरथ हासिल गर्नुभएछ ।’

सन्त नेता ठाकुरले किर्ते गरी नक्कली कागजात तयार गरी एकल अध्यक्ष भएको दावी गर्दै सबै अधिकार आफूमा नै निहित रहेको झुठो दावी पेस गरेको आरोप उहाँले लगाउनुभयो । भक्तपुरको डोलेश्वर रिसोर्टमा प्रधानमन्त्री ओलीको सिपेस सलारहरुको उपस्थितिमा नक्कली संसदीय दलको नेता ठाकुरले बनाउनु भएको आरोप उहाँले लगाउनुभयो । राती १ वजे शितल निवासमा चिया खान गइ पार्टीको निर्णय विपरित ठाकुरहरुले कागजमा हस्ताक्षर गर्नुभएको आरोप उहाँले लगाउनुभयो ।

तपाईको प्रतिक्रिया