Khadya Bibhag

जसपा एकता बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं असार २७ गते । जनता समाजवादी पार्टीको एकता बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । रिटमा निर्वाचन आयोग र जसपालाई विपक्षी बनाइएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका तत्कालीन उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रलेले दायर गरेको रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गराउन परमादेशको माग गरिएको छ । तत्कालीन राजपा र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण प्रारम्भ देखि नै त्रुटीपूर्ण रहेको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै कामकारवाही यथास्थितिमा राख्न तथा राजनीतिक गतिविधिको सिलसिलामा हुने कुनै पनि निर्णयलाई रोक्नका लागि मुद्दालाई अग्राधिकार दिन समेत माग गरिएको छ ।

राजपा र समाजवादी पार्टी एकीकरणका बेला कुनै पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएको र कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य भनिएकोमा त्यो समेत नभएको लगायतका विभिन्न जिकिर रिटमा गरिएको छ ।

तपाईको प्रतिक्रिया