सर्वोच्च अदालतद्वारा संसद पुर्नस्थापना

काठमाडौँ असार २८ गते । सर्वोच्च अदालत विघटित प्रतिनिधिसभा पुर्नस्र्थापना गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गनुृभएको थियो ।

यसअघि २०७७ पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन फागुन ११ गते सर्वोच्च अदालतले बदर गरेको थियो ।

तपाईको प्रतिक्रिया