देउवा प्रधानमन्त्री बन्ने बाटो खुल्यो

काठमाडौँ असार २८ गते । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै कांग्रेसका सभापित शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेपछि विपक्षी गठबन्धानद्वारा संसद पुर्नस्र्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।

 

साथै सर्वोच्चले संविधानको धारा ७६ (५) अनुसार दावी गर्दै संसदका बहुमत सदस्यको हस्ताक्षर बुझाउनु भएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत दिएको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग्दै १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट परेको थियो ।

आफूलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश तथा प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै विघटित प्रतिनिधि सभाका १४६ सांसदको हस्ताक्षर लिएर देउवाले जेठ १० गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया