काठमाडौँ असार ३१ गते । नेपाली काँग्रेस, माआवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव) र जनमोर्चा नेपाल सम्मलित गठबन्धन सरकारले हिजो भ्रष्टाचारको श्रीगणेश गरेको छ । बालुवाटार ललिता निवास जग्गा प्रकारणमा मुछिएका नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारबाट सो श्रीगणेश गराइएको हो ।
ललिता निवास जग्गा प्रकारणमा मुछिए पछि डेढ वर्षदेखि फरार सूचीमा रहनु भएका गच्छदारलाई हिजो विशेष अदालतमा उपस्थित गराएर काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारीलाई संरक्षण दिएको र भ्रष्टाचारको श्रीगणेश गर्नुभएको छ । डेढ वर्षसम्म फरार रहनु भएको थियो । तर असार २९ गते देउवाले प्रधानमन्त्रीमा सपथ खाएको भोलीपल्ट अदालतमा हाजिर हुनुलाई भ्रष्टाचारको संस्थागत गरेको प्रष्ट हुन्छ ।
उता, अफताब आलमको रौतहटस्थित गाउँमा दिपावली मनाइएको छ । पटका पटकाइएको छ । काँग्रेसमा रहेका गुण्डाहरुको मनोबल बढेको छ । काँग्रेसको आडमा भइरहेको अपराध र अपराधीहरु सल्बलाएका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा अोलीले भ्रष्टाचार र भ्रष्टाचारीको संस्थागत गर्नुभयो । ठूला ठूला भ्रष्टाचार उहाँको कार्यकालमा भयो । अोली प्रधानमन्त्रीको पदमा रहँदासम्म माआवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सबभन्दा बढी आरोप लगाएकै विषय भ्रष्टाचार थियो । अध्यक्ष प्रचण्डले त तत्कालिन नेकपामा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अोलीमाथि भ्रष्टाचारको आरोप लगाउनु भएको थियो ।
विभिन्न औपचारिक समारोहहरुमा पनि प्रचण्डले अोलीमाथि लगातार भ्रष्टाचारको आरोप लगाउँदै आउनु भयो । तर आज उहाँको पार्टीको सहयोगमा प्रधानमन्त्री देउवाले भ्रष्टाचारको श्रीगणेश गर्दा किन मौन भनि प्रश्न उठेको छ ।
के गच्छदार र आलमलाई छोडाउनका लागि प्रचण्ड र उपेन्द्र यादवले गठबन्धनमा सहमति गर्नुभएको हो र भनि प्रश्न उठन थालेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले ओलीमाथि सबभन्दा बढी प्रहार गर्नुभएको भ्रष्टाचारको विषयमा नै हो । उहाँले जारी गर्नुभएको विज्ञप्ति होस् वा सार्वजनिक रुपमा दिनुभएको अभिव्यक्ति होस् सबैमा उहाँले अोलीमाथि भ्रष्टाचारको आरोप लगाउनु भएको छ । तर उहाँको सहयोगमा बनेको सरकारको पहिलो दिनमै भ्रष्टाचारलाई उन्मुक्ति दिने काम भएको छ त्यसमा हालसम्म उहाँको कुनै प्रतिकृया आएको छैन ।
विजयकुमार गच्छदार त्यही व्यक्ति हो जसले उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम विभाजन गरेर माधवकुमार नेपाल सरकारलाई समर्थन गर्नुभएको थियो । पछि उहाँ काँग्रेसमा प्रवेश गर्नुभएको थियो । उपेन्द्र यादवले आफ्नो राजनीति जीवनमा सबभन्दा बढी आलोचना गरेको व्यक्ति विजयकुमार गच्छदार हुनुहुन्छ तर उहाँ वर्तमान सरकारको आडमा विशेष अदालतबाट उन्मुक्ति पाउँदा मौन बस्नु भएको छ ।
जसरी डेढ वर्षदेखि फरारको सूचीमा रहनु भएका गच्छदार प्रधानमन्त्रीमा देउवाले सपथ लिने वित्तिकै विशेष अदालतमा हाजिर भएर उन्मुक्ति पाउनु भएको छ । त्यसमा प्रचण्ड र उपेन्द्र यादवको पनि सहमति रहेको पुष्टि हुन्छ नभए उहाँ दुवैजनाले संयुक्त विज्ञप्ति जारी गरेर त्यसको विरोध गर्नुपर्छ । नत्र देउवा सरकारले सुरु गरेको भ्रष्टाचारको श्रीगणेशको जस अपजस प्रचण्ड र उपेन्द्र यादवलाई पनि जान्छ किनभने यो सरकार उहाँहरुको पनि हो ।
प्रश्न उठ्न थालेको छ, ‘थारुको छोरा रेशम चौधरी निस्किनु पर्ने गच्छेदार पो निस्क्या छ ? भ्रष्टाचारीको संरक्षक अग्रगमनकारी रे ?’


तपाईको प्रतिक्रिया