सरकारलाई समर्थन गरेपनि मन्त्री नपठाउने जनमोर्चाका निर्णय

काठमाडौँ असार ३० गते । राष्ट्रिय जनमोर्चाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेको छ ।

राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटीको बुधवार बसेको बैठकले सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बताउनुभयो । पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको बताउँदै उहाँले ओली प्रवृति विरुद्धको लडाईमा सँगै भएको हुनाले वर्तमान सरकारलाई सहयोग गरेको तर सरकारमै नजाने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले जनमोर्चा नेपाललाई पनि सरकारमा सहभागी हुनका लागि आग्रह गर्नुभएको थियो । प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ । उहाँले भन्नुभयो, विश्वासको मतका लागि देउवालाई मतदान गर्ने निर्णय पनि भएको छ ।’

तपाईको प्रतिक्रिया