काठमाडौँ साउन १० गते । दीपक चौधरीद्वारा लिखित ‘पूर्वी एसियाको आँखिझ्याल’ पुस्तक सार्वजनिक गरिएको छ ।
पूर्वी एसियाली मुलुकको आर्थिक–सामाजिक जनजीवनको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखिझ्याल’ पुस्तक एक कार्यक्रमको बीच सार्वजनिक गरिएको छ ।
साहित्यकार रामदयाल राकेश, लेखक दीपक चौधरी, निबन्धकार दीपक सापकोटा, र कवि निर्भीकजंग रायमाझीले पुस्तक सार्वजनिक गर्नुभएको छ ।
पुस्तक ‘नियात्रा’ र ‘विकास एक विवेचना’ गरी दुई अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा भ्रमणका रोचक संस्मरण तथा दोस्रोमा ती देशका आर्थिक–सामाजिक अवस्थाको चित्रण गर्दै लेखिएका विश्लेषणात्मक लेखहरू समेटिएका छन् ।
विद्यावारिधि शोध–अध्ययन गरिरहेका लेखक चौधरीका राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलहरूमा अनुसन्धानमुलक लेखहरू प्रकाशित छन् । यसअघि उहाँका ‘नेपालको मधेशी समाज’, ‘तराई–मधेश अफ नेपालःएन्थ्रोपोलिजकल स्टडिज’ तथा ‘रुपान्तरण’ पुस्तक प्रकाशित भइसकेका छन् ।
‘पूर्वी एसियाको आँखिझ्याल’ भने चौधरीले आफ्नो मलेसिया , सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र श्रीलंकाको यात्रालाई केन्द्रमा राखेर लेखेको पुस्तक हो ।


तपाईको प्रतिक्रिया