Khadya Bibhag

जसपा विवादः आज ‘हेडकाउन्ट’ हुँदै

काठमाडौँ साउन ११–जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको आज ‘हेडकाउन्ट’ हुने भएको छ ।
जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच आन्तरिक विवाद हुँदा आधिकारिताका लागि निर्वाचन आयोग पुगेका थिए । पार्टी दर्ताको समय दिएको ५१ सदस्य कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगमा उपस्थित हुन भनेको छ ।

आज दुवै पक्षका कार्यकारिणी सदस्यहरु नागरिकतासहित विहान ११ वजे निर्वाचन आयोगमा गएर आआफ्नो पक्षमा हस्ताक्षर गर्नेछ । उपेन्द्र यादवले आफ्ना पक्षका कार्यकारिणी सदस्यलाई प्रशिक्षणका नाममा गोदावरीको एक रिसोर्टमा राख्नु भएको छ । ५१ सदस्यीयमध्ये रिसार्टमा ३३ जना कार्यकारिणी सदस्य उपस्थित थिए । आयोगमा ३५ जनासम्मले हस्ताक्षर गर्ने उपेन्द्र यादव पक्षको दावी छ ।
जसको पक्षमा बहुमत सदस्यको हस्ताक्षर हुन्छ त्यसले पार्टीको आधिकारिता पाउने छ ।

निर्वाचन आयोगले हेडकाउन्टका लागि आदेश दिएपछि महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । अदालतल े हेडकाउन्टको प्रकृया रोक्न अन्तरिम आदेश नदिए पनि साउन १५ गते छलफलका लागि निर्वाचन आयोगलाई बोलाएको छ ।

तपाईको प्रतिक्रिया