केपी ओली ज्ञानेन्द्र भन्दा बढी निरकुंश–मुख्यमन्त्री राउत

सहाराटाइम्स

काठमडौं पुस २० गते । प्रदेश २ का मुख्यमन्त्री एंव जनता समाजवादी पार्टीका कार्याकारिणी समितिका सदस्य लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीको हविगत तानाशाहकै जस्तो हुने बताउनु भएको छ । 

परिवर्तनका बाधक तानाशाहहरुको जसरी भएको थियो त्यसरी नै केपी शर्मा ओलीको हुने बताउँदै उहाँले परिवर्तनका लागि भएका हरेकखालको आन्दोलनका सामु तानाशाहरु झुकेका हुनेले प्रधानमन्त्री ओली पनि झुक्ने निश्चित रहेको उहाँले बताउनुभयो । 

आइतवारदेखि शुरु भएको जनता समाजवादी पार्टीको युवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेस आन्दोलनले त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला त झुक्नु भयो भने अहिलेका यो केपी शर्मा ओली केही होइन, भन्नुहुँदै ओलीलाई आन्दोलनले विस्थापित गरिने बताउनुयभो । प्रधानमन्त्री ओली ज्ञानेन्द्र भन्दा बढी निरकंश रहेको भन्नुहुँदै उहँको हालत पनि ज्ञानेन्द्र जस्तै हुने धारणा राख्नुभयो । 

प्रधानमन्त्री ओलीले सत्ता र पदका लागि प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै मुख्यमन्त्री राउतले  ‘पार्टीको आन्तारिक झगडाले देशलाई भगांलोमा हालेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘ओलीको नीति नै छ, हम तो डुबे सनम, तुमको भि नहि छोडेगें ।’ उहाँले प्रतिनिधिसभा विघटनको परिकल्पना संविधानले नगरेकाले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको निर्णय उल्ट्याउने विश्वास व्यक्त गर्नुभयो ।

यो संसद विघटनका कारण ‘कांग्रेस नेताको मनमा लड्डु फुटिरहेको टिप्पणी गर्नुहुँदै मुख्यमन्त्री राउतले ‘चुनाव भयो भने बहुमतको सरकार बन्छ कांग्रेसको आँकलन रहेको छ तर त्यो काँग्रेसको त्यो आँकलन फेल खाने दावी गर्नुभयो । 

तपाईको प्रतिक्रिया