संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौँ साउन १६ गते । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतीले चयन हुनुभएको छ । संसदीय दलको नेतामा प्रस्तावक डा.बाबुराम भट्टराई हुनुहुन्थ्यो भने समर्थक महेन्द्रराय यादव हुनुहुन्थ्यो । संसदीय दलमा २१ जना सांसद उपस्थित हुनुहुन्थ्यो ।

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल बीच एकीकरण भएको झण्डै १६ महिनापछि संसदीय दलको नेता चयन भएको हो । यसअघि महन्थ ठाकुर पक्षले बहुमत सांसदको हस्ताक्षरबाट उपेन्द्र यादवलाई संसदीय दलको नेता चयन गरेको थियो तर त्यसलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गर्दै आउनु भएको थियो ।

तपाईको प्रतिक्रिया