काठमाडौँ साउन १६ गते । जनता समाजवादी पार्टी नेपालका अध्यष उपेन्द्र यादवले पार्टीबाट मन्त्री पठाउन हतार नभएको बताउनु भएको छ । पार्टीमा छलफल र विचार विमर्शहरु चल्दैछ, विस्तारै टुगों लगाएर मन्त्रीको नाम पठाउने उहाँले बताउनुभयो ।
्नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जानु भएका अध्यक्ष यादवले सरकारले आफ्नो काम गरिरहेको छ, सरकार चलि नै रहेको छ त्यसैले मन्त्री चयनका लागि हतार नरहेको बताउनु भयो ।
अध्यक्ष यादवको साथमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पनि जानु भएको थियो । भेटमा मन्त्रीपरिषद् विस्तार, सरकारको साझा कार्यक्रमलगायतको विषयमा छलफल भएको थियो । मन्त्रीपरिषद् विस्तार, सरकारको काम कारवाहीलगायतको विषयमा छलफलका लागि भोली चार दलीय गठबन्धनको बैठक बोलाइएको छ ।


तपाईको प्रतिक्रिया