Khadya Bibhag

लोसपा निकट युवा विद्यार्थीले गरे चीन विरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौँ असोज १ गते । जनता समाजवादी पार्टीबाट अलग भएर महन्थ ठाकुर नेतृत्वमा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आज चीनको विरुद्ध प्रदर्शन गरेको छ ।

मैतीघरमा लोसपा निकट युवा संघ, विद्यार्थी संगठनले प्रदर्शन गरी नेपालको अतिक्रमित भूमी फिर्ता गर्न माग गरेको छ । युवा संघका अध्यक्ष मुकेश झाका अनुसार चीनले नेपालको ११ ठाउँमा भूमी मिचेको छ, त्यो फिर्ता हुनुपर्छ । उहाँले भन्नुभयो, ‘नेपालको ७ जिल्लाको ११ ठाँउमा र करिब ४०० वर्ग किलोमिटर नेपाली भुमी चीनले अतिक्रमण गरेको कुरा विभिन्न प्रतिवेदनले देखाएको छ ।’

सरकारको नेतृत्वका गरेका काँग्रेस पार्टीका सांसदले नै चीनले नेपालको सीमा मिचेको प्रतिवेदन सार्वजनिक गरेको हो । त्यसबाहेक अन्य अन्य संघ संगठनले पनि अध्ययन गरी प्रतिवेदन सार्वजनक गरेको छ, अहिलेका वर्तमान सरकारले पनि नेपाल–चीन सीमा विवादको बारेमा अध्ययन समिति बनाएको छ, यी कुराहरुले पुष्टि हुन्छ कि चीनले नेपालको भूमी मिचेको हो, मिचेको जमिन फिर्ता गर्नुपर्ने आफूहरुको माग रहेको उहाँले बताउनुभयो ।

हुम्लाको १२ नम्बरको पिलर सारिएको छ, पहिलाकै स्थानमा कायम गर्नुपर्ने बताउँदै उहाँले सरकारले बनाएको समितीले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया