चीनप्रति डब्लुएचओको पक्षपातपूर्ण व्यवहार

-डा.सुरजीत सिंह
जी ७ देशहरुको मञ्चमा यो कुरामा विशेष जोड दियो कि विश्व स्वास्थ्य संगठन अर्थात डब्लुएचओ कोरोना उत्पत्तिको पत्ता लगाओस् । त्यो दवावको नतिजा यो भयो कि डब्लुएचओका प्रमुखले पनि भन्न बाध्य हुनुभयो कि चीन कोरोना भाइरस स्रोतको खोजमा सहयोग गरोस् । डब्लुएचओ त्यतिबेलादेखि आलोचनाको घेरामा छ, जतिबेलादखि उसले कोभिड–१९ महामारी रोक्नमा असफल रह्यो । उसले कोभिड–१९ लाई महामारीको रुपमा घोषणा गर्न पनि धेरै समय लियो । त्यस्तै उसले लकडाउन लगाउनमा पनि त्यति गम्भीरता देखाएका थिएन । वुहान अर्थात चिनियाँ भाइरस नामाकरण गर्नमा पनि उसले संकोच देखाएको छ र त्यसले गर्दा त्यो झन शंकाको घेरामा परेको छ ।

डब्लुएचओको चीनप्रति पक्षपातपूर्ण व्यवहारका कारण पुरै विश्वका लाखौ जनताले आफ्नो ज्यान गुमाउनु परेको छ । यो भन्दा पहिले २०१५ मा पश्चिमी अफ्रिकाको इबोला संकटको समयमा पनि डब्लुएचओले सार्वजनिक स्वास्थ्य आपतकाल घोषित गर्नमा ढिलाई भएको कारण त्यतिबेला पनि आलोचनाको शिकार हुनुपरेको थियो । डब्लुएचओका सदस्य राष्ट्रले त्यसलाई अनिवार्य एवं ऐच्छिक गरी दुई प्रकारको फन्ड दिने गरेको छ । अनिवार्य योगदानअन्तर्गत प्रत्येक सदस्य राष्ट्रले १९८० को जनसँख्या एवं जीडीपीको अनुपातमा आफ्नो योगदान दिने गरेको छ । डब्लुएचओको कुल वजेटको लगभग २० प्रतिशत अनिवार्य योगदानको रुपमा फण्ड प्राप्त हुन्छ ।

जबकी ऐच्छिक योगदानअन्तर्गत पर्ने प्रत्येक सदस्य राष्ट्रले आफ्नो इच्छाले जति पनि दिनसक्छ । डब्लुएचअको कुल बजेटमा यसको योगदान लगभग ३५ प्रतिशत रहेको छ, जसमा सर्वाधिक ३१ प्रतिशत योगदान अमेरिकाको हो । त्यसपछि इंगलैण्ड १६ प्रतिशत, जर्मनी १२ प्रतिशत तथा जपानको ६ प्रतिशत र भारतको एक प्रतिशत योगदान रहेको छ । यदि सदस्य राष्ट्रको ऐच्छिक एवं अनिवार्य राशीलाई मिलाई दियो भने कुल बजेटको ५० प्रतिशत हुनजान्छ । बाँकी वजेटको राशी अन्य गैर सरकारी संघ संस्थाबाट प्राप्त हुन्छ, जसमा सबभन्दा बढी बिल एण्ड मिलिण्डा गेट्स फाउण्डेशनको सबभन्दा बढी लगभग आठ प्रतिशत योगदान हुन्छ ।

यसप्रकारले डब्लुएचओलाई प्राप्त हुने वजेटको लगभग दुई तिहाई वजेट सहयोगबाट नै प्राप्त हुन्छ जसले यसको नीति निर्माणमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । यसको सिधै सम्बन्ध खोप एवं अन्य स्वास्थ्य उत्पादनको वजारसँग जोडिएको हुन्छ । यसले डब्लुएचओको वैधानिकमा ह्रास आइरहेको छ । यदि डब्लुएचओलाई लोकतान्त्रिक वैश्विक स्वास्थ्य एजेन्सीको रुपमा आफूलाई वैधता बनाइृ राख्नु छ भने त्यसले आफ्नो मुख्य कार्यमा फर्किनु पर्छ । उसले महामारी तथा स्वास्थ्य कवरेज जस्ता मुख्य मुद्दामा ध्यान केन्द्रीत गर्नुपर्छ । कोरोना महामारीपछि डब्लुएचओले आफ्नो कार्यप्रणालीमा परिवर्तन ल्याउनुपर्छ । यसको मुखय निर्णय लिने निकाय विश्व स्वास्थ्य सभा हुन्छ, जसपमा सबै सदस्य राष्ट्रले भाग लिन्छन् । सदस्य राष्ट्रको प्राथमिकता प्राय प्रमुख सहयोगी एवं दातासँग टकराउने गरेको छ । सदस्य राष्ट्रको स्वेच्छिक वजेटलाई चरणवद्ध तरिकाले समाप्त गर्नका लागि डब्लुएचओको मुख्य वजेटमा आफ्नो निर्धारित योगदानलाई बढाउनुपर्छ ।

सदस्य राष्ट्रद्वारा ग्यारेन्टीकृत फण्डिङले मात्र यसको कार्य विस्तार हुँदैन कि यसका सदस्य राष्ट्रको साथमा तालमेल एवं जवाफदेहीमा पनि वृद्धि हुन्छ । डब्लुएचओको आर्थिक अवस्थाको ढाँचामा सुधार गर्नुको साथै आफ्नो अतिरिक्त आयको स्रोतमा पनि वृद्धि गर्नुपर्छ । कार्यकारी बोर्डमा विश्वका भौगोलिक प्रतिनिधित्वको आधारमा चुनिएएको ३४ देशको प्राविधिक रुपले योग्य व्यक्ति समावेश हुन्छ । त्यस कार्यकारी बोर्डलाई स्थायी निकाय बनाउनुपर्छ । यसले गर्दा डब्लुएचओको कार्यप्रणालीको व्यवहारिकतामा वृद्धि हुन्छ । डब्लुएचओलाई कुनै पनि गम्भीर प्रकृतिको विरामीका लागि रकम जुटाउनका लागि कुनै नयाँ आर्थिक प्याकेजमा ध्यान पनि दिनुपर्छ ।

सहयोगी संघ संस्थाको भूमिकलाई स्वीकार गर्दै त्यसलाई यस संस्थामा उचित स्थान दिनैपर्छ । औषधी, खोप, एवं अन्य स्वास्थ्य उत्पादनको अनुसन्धान तथा विपगणको सम्बन्धमा डब्लुएचओलाई डब्लुटीओ र विश्वका अन्य अन्तराष्ट्रिय संस्थाहरुको साथ राम्रो सम्बन्ध हुनुपर्छ । संकटको समय डब्लुएचओको अनुसन्धान कार्य एवं नयाँ औषधी ल्याउनका लागि विकशित राष्ट्रको साथमा संलग्न हुनुपर्छ । साथै, यस्ता विधिमा कार्य गर्नुपर्यो जसले प्रमुख औषधी सस्तो मूल्यमा सबैलाई उपलब्ध होस् । यसका साथै यसलाई आफ्नो विशेषज्ञको सम्भावित सार्वजनिक स्वास्थ्य आपत्तकालिन स्थिति लुकाउनबाट रोक्नका लागि, प्रकोपको जाँच र आँकलन गर्नका लागि स्वतन्त्र अधिकार दिनुपर्छ ।

डब्लुएचअकोको रिपोर्टलाई विश्वभर लागु गराउनका लागि कानुनी अधिकार नभएको कारणले सदस्य राष्ट्रले यसलाई गम्भीरताको रुपमा लिएको छैन । विश्व व्यपार संगठन जस्तै डब्लुएचओको अधिकारमा पनि वृद्धि गराउनका लागि सबै सदस्य राष्ट्रले कार्य गर्नुपर्ने देखिन्छ । डब्लुएचओले आफ्नो गतिविधिलाई गम्भिर विरामीको क्षेत्रमा मात्र विस्तार गर्नुपर्छ । यसका साथै अन्य विरामीका लागि यसको व्यवहार अन्य देशका लागि निर्देशात्मक हुनुपर्छ ।

विश्वका अन्य देशको स्वास्थ्यको सम्बन्धमा यसले प्राविधिक सहयोगमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसका साथै डब्लुएचओले आफ्नो राजनीतिक निष्पक्षतालाई कायम राख्नुपर्छ । यसलाई अनय अन्तराष्ट्रिय संस्थाको साथमा एक समन्वयकारी संस्थाको रुपमा काम गर्नुपर्छ, जसले विश्वमा बढ्दै गरेको स्वास्थ्य नीतिमा महत्वपूर्ण योगदान गर्न सकोस् । अब समय आइसकेको छ कि डब्लुएचओलाई अब एक नयाँ रुप दिनुपर्यो जसले विश्व स्वास्थ्यलाई बलियो बनाउनुको साथ साथै भविष्यको स्वास्थ्य संकट र महामारीलाई पनि रोक्न सकियोस् । यसका लागि सदस्य राष्ट्रको बीचमा व्यापक समन्वयको आवश्यकता पर्छ ।
(लेखक डा.सुरजीत सिंह भारतकका अर्थशास्त्री एवं प्रोफेर हुनुहुन्छ)

तपाईको प्रतिक्रिया