काठमाडौँ असोज १९ गते । भारतीय बलिउड फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीनजना वरिष्ठ कलाकार अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा र सारिका हसन काठमाडौँ आइपुग्नु भएको छ । उहाँहरु प्लेन चार्टड गरेर सोमवार नेपाल आइपूगनु भएको हो ।
उहाँहरु उचाईको सुटिङका लागि नेपाल आएपनि कहिलेदेखि सुटिङ हुने कुरा टुगों लागेको छैन । बलिउडको राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म मुस्ताङका विभिन्न स्थानमा छायाँकन गर्ने कार्यक्रम छ र यसअघि सो क्षेत्रको अवलोकन गरिसकेको छ ।
एक महिनाअघि एउटा टोली नेपाल आएर छायाँकन गर्ने क्षेत्रको अवलोकन गरेको छ । छायाँकन क्षेत्र अवलोकन गर्नका लागि फिल्मका निर्माता एवं निर्देशक सुरज बडाजात्याको टोली भदौ अन्तिमतिर मुस्ताङ पुग्नु भएको थियो ।
यसैबीच अभिनेता अनुपम खेरले लामो समयपछि काठमाडौं आउने मौका मिलेको भन्दै ट्वीटरमार्फत खुसी व्यक्त गर्नुभएको छ । उहाँ आज पशुपतीमा पुजा गरेर नेपाल र पशुपती नाथको प्रसंशाा गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया