एक महिलाको हत्या

महोत्तरी असोज २८ गते । अज्ञात व्यक्तिले हथौडा प्रहरी गरी एकजना महिलाको हत्या गरेको छ । महोत्तरी गाउँपालिका मडैमा बस्ने लालकिशोर झाकी पत्नी शिला देवी झाको त्यसरी हिजो राती हत्या गरिएको हो ।

महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार शिलादेवी झा राति सुतिरहेको बेला अज्ञात व्यक्तिले टाउकोमा हथौडाले प्रहार गरेर उहाँको हत्या गरिएको र उहाँको मृत्यु घटनास्थलमै भएको थियो । घटनाको बारेमा थप अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया