खेलले समाजलाई जोड्ने काम गर्छ–नेता यादव

बारा कात्तिक १९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवा नेता सञ्जय यादवले कुनै पनि खेलले स्वास्थ्यलाई फाइदा पुगे जस्तै समाजमा आपसी सम्बन्ध र भाइचारा स्थापित बताउनु भयो । आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ का राम जानकी यूथ क्लब द्वारा आयोजित बतरा प्रिमियर क्रिकेट लिगको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

खेल स्वास्थ्यका लागि फाइदाजनक हो नै, त्यसका लागि समाजमा भातृत्व कायम गर्छ, उहाँले भन्नुभयो, खेलले समाजलाई जोड्ने काम गर्छ, एक गाउँले अर्को गाउँ, एक जिल्लाले अर्को जिल्ला, एक देशले अर्को देशबीच खेलले सम्बन्ध जोडेका हुन्छन् ।’ खेलमा हारजित मात्र होइन, प्रेम र भातृत्वको र्सिचित पनि हुन्छ, त्यसैले खेल जुनसुकै होस् समाजमा मिलेर खेल्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

वडा अध्यक्ष धर्मेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न दलका नेता तथा संघ संस्थाका प्रतिनिधिको उपस्थित थियो । १६ वटा गाउँको बीचमा भइरहेको यो खेल ११ दिनसम्म चल्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया